हेटौंडा, थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई उक्त सामाग्रीहरु सहयोग गरिएको प्रधानाध्यापक हिराचन थापामगरले जानकारी दिए ।
विद्यालयमा ९ साउनमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका १६ जना नयाँ विद्यार्थीहरुलाई स्कूल ब्याग। ट्याक सुट र कपी वितरण गरिएको प्रधानाध्यापक थापा मगरले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत अन्य २६ जना विद्यार्थीलाई जनही १५ वटाको दरले कपी वितरण गरिएको छ । गरिब तथा विपन्न विद्यार्थीहरुलाई उक्त कपी वितरण गरिएको उनको भनाइ छ ।
थाहा नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिएको जनाइएको छ ।







