बैंकमा पैसा जम्मा नगर्न मउवासंघको अनुरोध

हेटौंडा , बैंकको चर्को व्याज र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गरौं भनी भोली आइतबारबाट बैंकमा नगद जम्मा नगर्न सबैलाई आग्रह गरिएको छ ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिज्य संघ, संघमा आवद्ध वस्तुगत संघहरु, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

शान्तिपूर्ण आन्दोलनका कार्यक्रम प्रदेश स्तरीय समेत गरिसकेको अवस्थामा शुक्रबार सम्म बैंकमा धर्ना दिने कार्यक्रम समेत गरेको छ ।

ADVERTISEMENT

चरणबद्ध आन्दोलन अन्तरगत भोली २८ गते आइतबारबाट कुनैपनि बैंकमा नगद जम्मा नगरौं भनी सबैलाई आग्रह गरिएको छ । आर्थिक मन्दीले ग्रस्त उद्योग/व्यवसाय क्षेत्र र सर्वसाधारणलाई थप पीडा दिन बैंकहरुले व्याजदर वृद्धि गरेको प्रति आन्दोलन गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने कार्यक्रमहरु रहेको अध्यक्ष गुप्ताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya