आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

हेटौँडा, सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वास छ। यसैकारण आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

ADVERTISEMENT

यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको विशेष पूजाआराधना, प्रवचन तथा भजनकीर्तन गरिन्छ। महिला तथा पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने परम्परासमेत छ। पौराणिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो। श्रीकृष्णले जीवनभर सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ।

कुरुक्षेत्रको युद्धमा पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भागवतगीता’का रूपमा प्रसिद्ध छ। छोटकरीमा गीता भनिने यसलाई सनातन धर्मावलम्बीले पवित्र ग्रन्थका रूपमा मान्छन्। जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गर्छ। काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको नवतनधामसहित विभिन्न कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

ADVERTISEMENT

काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya