हेटौंडा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजनामा हुन लागको कविता प्रतियोगितामा २५ जना विद्यार्थी छनौट भएका छन् । छनौट हुनेमा जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने, दृशिका कँडेल, अजय बर्तौला, आदर्श पौडेल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका रोशनी चौलागाई, इलिशा पराजुली, सरोजप्रसाद शाह, रजनिशकुमार शाह, हरिहरणराज पौडेल, प्रमिस रानाभाट, विधान निरौला, रिती फुयाँल, रकैया खातुन, प्रसिद्ध बख्रेल रहेका छन् ।
यसैगरी पालुङ आवासिय माध्यमिक विद्यालयका हिमाल उप्रेती, पुनम भुजेल, अङ्किता विष्ट, विद्या सिन्तान, ब्रम्हदिक एकेडेमी विद्यालयका रौनक शाह, चन्द्रोदय माध्यमिक विद्यालयका विद्या घिमिरे, नवोदय शिशु सदन विद्यालयकी अनुषा उप्रेती, तासिर विद्यालयका रिभा न्यौपाने, हेटौंडा एकेडेमीका बिबिका पराजुली, मकवानपुर बहुमुखी क्याम्पसका रियाज कार्की, बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका आयुषा श्रेष्ठ छनौट भएको कार्यक्रम संयोजक देवराज तिवारीले जानकारी दिए । मकवानपुर जिलामा रहेका माध्यमिक तह (९–१२) स्तरीय कविता प्रतियोगिताको २५ जना विद्यार्थीलाई कविता वाचनको लागि छनौट गरेको हो । आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कक्षा ९ –१२ केन्द्रित मकवानपुर जिल्ला स्तरीय कविता तथा निबन्ध लेखन प्रतियोगिता भोलि शुक्रबार क्याम्पसमा आयोजना हुँदैछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना दुई जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । कविता तथा निबन्ध प्रतियोगिताको शिर्षक आमा हुनुपर्नेछ ।