राष्ट्रपति पौडेलले गरे फास्टट्रयाकको निरीक्षण, ६ वर्षमा जम्मा ३७.६०% भौतिक प्रगति

हेटौंडा, राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गत विभिन्न स्थानहरुको हवाई तथा स्थलगत अवलोकन शुक्रबार गरेका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् । आयोजनालाई विभिन्न १३ वटा प्याकेजमा छुट्याइएकोमा हाल निर्माणाधीन १२ वटा प्याकेजअन्तर्गत ७ वटा सुरुङमध्ये धेद्रे तथा लेनडाडामा २ वटा सुरुङ छिचोलिई सकिएको छ ।

महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको तथा चन्द्रमभिरस्थित सुरुङ निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ । अन्य ३ वटा सुरुङको डिजाइन तथा पूर्वतयारीको कार्य भइरहेको छ । आयोजनामा ८९ वटा पुल बनाउनुपर्नेमा हालसम्म जम्मा ५ वटा सम्पन्न भएका छन् । आयोजनाका अनुसार ८० वटा पुलको निर्माण कार्य भइरहेको छ । आयोजनाको हालसम्म ३७.६० प्रतिशत भौतिक प्रगति भएको छ ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *