हेटौंडा,मकवानपुर जिल्ला भित्र रहेका धार्मिक पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने उद्देश्यका साथ समिति गठन भएको छ । समितिको संयोजकमा नेपाली कांग्रेसका जिल्ला सचिव भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको संयोजकत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन भएको हो ।

समितिको सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा, कोषाध्यक्ष राममान श्रेष्ठ तथा सदस्यमा केदारप्रसाद चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे रहेका छन् ।
समितिले पहिलो चरणमा हेटौंडा भित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तह तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने उद्देश्य रहेको महतले बताए । स्थानीय र प्रदेश सरकारलाई छिटपुट रकम विनियोजित नगरी एकीकृत रुपमा गुरुयोजना अनुसार बजेट छुट्याउन अनुरोध गर्ने उनले बताए । संयोजक महतले भारतीय सीमा क्षेत्रका धार्मिक पर्यटकलाई मकवानपुर भित्र्याउन आवश्यक प्रचारप्रसार कार्य समितिले अघि बढाउने बताए ।
