कविता प्रतियोगितामा म्यानेजमेण्टकी चौलागाईं प्रथम

हेटौंडा, रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित ‘बाल अधिकार’ बिषयक खुला कविता प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेण्टकी रोश्नी चौलागाईं प्रथम भएकी छिन् । अन्य २१ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएकी हुन् ।दशजोड दुईसम्मका विद्यार्थी सहभागी प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने द्वितीय र बालजागृति इङ्लिस सेकेण्डरी स्कूलका कृषाङ्गी अर्याल तृत्तीय भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा मकवानपुरको विभिन्न विद्यालयका २२ जना विद्यार्थी सहभागी रहेका थिए । प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा यही माघ २२ गते पुरस्कार प्रदान गरिनेछ । रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कविता प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्य, नेपाली लेखक सङ्घ मकवानपुर अध्यक्ष छवि अनित्य र साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कविता प्रतियोगितामा ४ जनाले अप्रतियोगीको रुपमा आफ्नो कविता प्रस्तुत गरेका थिए । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष एवम् उपमहानगरका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

रेडियो मकवानपुरले सामुदायिक रेडियोको भूमिका निर्वाह गरिरहेको भन्दै उनले आगामी दिनमा गाउँ समाजको आवाजलाई बुलन्द गर्दै अघि बढ्न अनुरोध गरे । बालजागृति स्कूलका सहायक प्रधानाध्यापक अमोल श्रेष्ठले बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रममा सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा सदस्य मनु दाहाल, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज शुक्रबार रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल र भोली शनिबार मनहरी गाउँपालिका ४ मसिनेमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदैछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya