तेश्रो मेयर कपमा हेटौंडा १० को बिजयी सुरुवात

हेटौंडा, हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा जारी तेश्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा १० ले बिजयी सुरुवात गरेको छ ।

ADVERTISEMENT

प्रतियोगिता अन्तरगत मंगलबार भएको प्रतिश्पर्धात्मक खेलमा हेटौंडा ६ लाई २–० गोल अन्तरले पाखा लगाउँदै हेटौंडा १० ले बिजयी सुरुवात गरेको हो । निकै प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । सुरुवाती चरणबाटै राम्रो मौकाहरु गुमाएका दुवै टिमले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।

दोश्रो हाफमा अग्रता बनाउने प्रयत्न भएपनि १० नम्बरले खेलको ४१ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । टिमलाई अग्रता दिलाउन १० नम्बरका प्रितम स्याङवोले गोल गरेका थिए । एक गोलले अग्रता लिएको १० नम्बर सँग बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेको ६ नम्बरको प्रयत्न सफल हुन नपाउँदै खेलको ५१ औं मिनेटमा गोलअन्तर दोव्बर भएको थियो । टिमका लागि उनै स्याङवोले दुई गोलको अन्तर निकाल्दै टिमलाई बिजयी बनाए ।

ADVERTISEMENT

प्रतियोगितामा राम्रा मुभहरु बनाएका हेटौंडा ६ का सुरज स्याङतान म्यान अफदी म्याच घोषित भए । उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५÷५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत बुधवार हेटौंडा ४ र १८ नम्बर वडा बिच खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *