मकवानपुरमा राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने

हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने भएको छ । प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने आग्रह गरेको छ ।

ADVERTISEMENT

प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री–वितरणमा नगर्न आग्रह गरेको छ । जुवातास खेल्नेरखेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासनले देशभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाएको भन्दै सो कार्य नगर्नु, नगराउन अनुरोध गरेको छ । यही सो कार्य विपरित कार्य तथा गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जारी सूचनामा उल्लेख गरिएको छ । साथै प्रशासनले शुभ दिपावली एवम् छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लाबासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगती एवम् दीर्घायुको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya