समृद्धि देवको ‘इन्द्रेणीका रङहरु’ विमोचन

हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत समृद्धि देवको कविता संग्रह ‘इन्द्रेणीका रङहरु’ विमोचन गरिएको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको हो । देवको कविता संग्रहमा हावासँगै उड्दै, बुद्ध फेरि फर्क न, अपेक्षा, म गएपछि, सुनको मान्छे, राजाको लास गरि २३ वटा कविताहरु रहेका छन् ।

ADVERTISEMENT

देवले मन्तव्य राख्दै आफ्ना कविता संग्रहका हरेक पृष्ठमा इन्द्रेणीका विभिन्न रङहरु पोतिएको बताइन् । उनले पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पुस्तकमा भएका कमिकमजोरीलाई औंल्याउन समेत आग्रह गरिन् । नवोदय शिशु सदन माध्यामिक विद्यालयको नवोदय साहित्यिक बगैँचा बाल क्लबले प्रकाशन गरेको कविता संग्रहमा सिएम रिमालले भाषा सम्पादन गरेका छन् भने पुस्तकको आवरण ऋषि केबीले बनाएका हुन् ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरण बहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका सहायक प्रमुख रामपण्डित खनाल, समृद्धि देवका माता ममता देव र पिता समिर देव, नवोदय शिशु सदनका निर्देशक दीपेश जोशी, विद्यालयका नेपाली विषय संयोजक सिएम रिमाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख जोशीले हेटौंडा स्कुल अफ म्यानेजमेन्ट बहुमुखि प्रतिभालाई निखार्न सधैं तत्पर रहेको बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya