हेटाैंडा, मकवानपुरकाे कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन सम्पन्न गरेकाे छ । गाउँसभाकाे अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएकाे छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेकाे बजेट तथा याेजना संशाेधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएकाे याेजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेकाे थियाे ।
गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ कराेड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकाेमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएकाे बताए । गाउँपालिकाले चालू आवमा २७ कराेड ६४ लाख रुपैयाँ बजेट विनियाेजन गरिएकाेमा गाउँसभामा २८ कराेड ५१ लाख रुपैयाँकाे संशाेधित अनुमान प्रस्तुत गरिएकाे थियाे । त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले पेश गरेकाे नामटार कालिकाटार सडक आयाेजनाकाे भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएकाे छ । अधिवेशनकाे अवसरमा विभिन्न क्षेत्रमा याेगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएकाे छ । कैलाश गाउँपालिकाकाे वृहत्तर हित, प्रगतिशिल विकास र सुशासनकाे सवालमा पत्रकारिताकाे माध्यमबाट याेगदान गरेकाे भन्दै प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएकाे छ ।
त्यस्तै कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनाैट गरी नगद पाँच/पाँच हजार रुपैंयासहित सम्मान गरिएकाे छ । सम्मानित हुनेहरुमा प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयाेगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयाेगि सिताराम सुनार रहेका छन् । यस्तै राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० काे हाइजम्पतर्फ संवरण पदक विजेता गाेमा बर्ताैला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएकाे छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने साेहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ काे कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादव समेत सम्मानित भएका छन् ।
यस्तै गएकाे आर्थिक वर्षकाे उत्कृष्ट उपभोक्ता समितिकाे रुपमा कैलाश वडा नम्वर १ काे क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् । ८ जना चेलीलाई सम्मान बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेकाे गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्राेत्साहनस्वरुप सम्मान गरेकाे छ । बजेटमै चेली प्राेत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेकाे गाउँपालिकाले गाउँसभाकाे अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकाे हाे । सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गाेमा थाेकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्राेत्साहन कार्यक्रम गरिरहेकाे गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले बताए ।







