क्रिकेट संघ मकवानपुरमा सांगामी र क्षेत्रीको आकांक्षा

हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा कविन सांगामी र करण महत्रा क्षेत्रीले आकांक्षा देखाएको संघले जनाएको छ । मकवानपुर क्रिकेट संघको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन यही साउन २७ गते शनिबार हेटौंडामा हुँदैछ ।

अध्यक्ष पदमा आकांक्षी रहेका सांगामी संघको संस्थापक उपाध्यक्ष हुन् भने क्षेत्री वर्तमान कार्यसमितिको उपाध्यक्ष र केन्द्रीय सदस्य रहेका छन् । ‘चुनावी मैदानमा होमिनु भन्दा पनि सर्वसम्मतमा कार्यसमिति टुङ्ग्याउने तर्फ लाग्ने छौँ । सर्वसम्मतमा कार्यसमिति चयन नभएमा लोकतान्त्रिक विधि अपनाउने छौँ’, संघका एक पदाधिकारीले भने ।

मकवानपुर क्रिकेट संघमा ३१ जना सदस्य आवद्ध रहेका छन् । शनिबार हेटौंडामा हुने साधारणसभा तथा चौथो अधिवेशनबाट ४ वर्षीय कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुनेछ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button