मुनलाईट स्कूलको वार्षिकोत्सब सम्पन्न

हेटौंडा, हेटौडा ६ चौघडामा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलको १७ औँ वार्षिकोत्सब मंगलवार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विधालय ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको सभाध्यक्षतामा वार्षिकोत्सब सम्पन्न भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, नेपाल बार एशोसियसन मकवानपुर अध्यक्ष मदन कुमार दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, शान्तिटोल विकास संस्था अध्यक्ष केशव धिताल, चण्डीका माविका प्रअ वीर बहादुर गोले, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा विद्यालयद्वारा सञ्चालित विभिन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा मुनलाईट डान्सिङ स्टारको उपाधि सुभाग्य उप्रेतीले जितेकि छिन । कक्षा ८ सम्म पढाइ हुने यश विधालयमा करिव २ सय ५० विधार्थीहरु अध्ययनरत रहेका विद्यालयका प्रवन्ध निर्देशक भरत सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya