हेटौंडा, हेटौंडा १२ पदमपोखरीमा भएको पाँचौं संस्करणको उपमेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ हेटौंडा ११ र महिलातर्फ हेटौंडा १९ ले उपाधि चुमेकोे छ ।
बुधबार भएको फाइनल भिडन्तमा पुरुषतर्फ १९ नम्बर वडालाई हराउँदै ११ ले उपाधि जितेको हो । ११ ले १९ लाई २५–१५, २५–२१, १८–२५, २१–२५ र १५–८ को कठिन सेटमा पराजित गरेको हो । १९ ले ४ लाई र ११ ले ५ नम्बर वडालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पुरुषतर्फ हेटौंडा–११ का राजेश घिमिरे सर्वोत्कृष्ट खेलाडी र कमल थापा उत्कृष्ट प्रशिक्षक चयन भए ।
हेटौंडा–१९ का हेम उप्रेती उत्कृष्ट स्पाइकर, सफल कडे“ल उत्कृष्ट सेटर तथा हेटौंडा–१२ का विशाल जिम्बा उदीयमान खेलाडी घोषित भए । उनीहरुले नगदसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै महिलातर्फ ९ नम्बर वडालाई हराउँदै १९ ले उपाधि जितेको हो । १९ ले २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ को सेटमा ९ लाई हराएको हो ।
१९ ले साविक विजेता १७ लाई र ९ ले १४ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । महिलातर्फ हेटौंडा–१९ की झरना मोक्तान सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । हेटौंडा–१९ की सरिता तितुङ उत्कृष्ट स्पाइकर र मदन उप्रेती उत्कृष्ट प्रशिक्षक घोषित हु“दा हेटौंडा–९ की आयुष सिंह उत्कृष्ट लिफटर र खुशी पौडेल उदीयमान खेलाडी घोषित भए । पुरुष र महिला दुवैतर्फको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता टिमले ३० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । विजयी तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उमेयर राजेश बानियाँ, आयोजक प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, भलिबल संघ मकवानपुर अध्यक्ष वसन्तकुमार सिटौला लगायतले पुरस्कार वितरण
गरेका हुन् । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगर भलिबल संघको सहआयोजनामा प्रत्येक वर्ष उपमेयर कप भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।







