हेटौंडामा २ चिकीत्सक माथि हातपात

हेटौंडा, हेटौंडामा २ चिकीत्सकहरु माथि हातपात भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पताल उनीहरु माथि हातपात भएको हो ।

हेटौंडा अस्पतालमा कार्यरत एनएसथेसिया विभागका डा. प्रशान्त विडारी र सञ्चो अस्पतालमा कार्यरत विकास थापा माथि हातपात भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सञ्चो अस्पतालमा विरामी हेरेर र्फिकने क्रममा केही युवाहरुले उनीहरु माथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार गत साउन २५ मा डेंगुबाट मृत्य भएका राजेश प्रधानका आफन्तले बुधबार अस्पतालमा पुगेर चिकीत्सक माथि अचानक हातपात गरेका हुन् । हातपातबाट डा. विडारीको आखाँ र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।

उपचारमा लापवाृही गरेको भन्दै घटनाको एक महिना पछि मृतकका आफन्तले चिकीत्सक माथि हातपात गरेका हुन् । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा ३ दिन अघि प्रधानलाई हेटौंडास्थित सञ्चो अस्पतालमा ल्याएको थियो ।

डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने गएका प्रधानको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि भरतपुर लगिएको थियो । प्रधानको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।

प्रवक्ता भण्डारीका अनुसार घटना लगत्तै दुई पक्षलाई राखेर छलफल गराइएको र दुवै पक्ष कानुनी प्रक्रिया अनुसार अघि बढ्ने भएपछि डा. विडारी र डा. थापाले जाहेरी दिने तयारी गरेका छन् । जाहेरी पेरेपछि थप प्रक्रिया अघि बढाउने उनले बताए ।

यता हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डो रामचन्द्र सापकोटाका अनुसार घटनाबारे अनुसन्धान सहित दोषी माथि कारवाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दर्ता गर्ने तयारी भइरहेको छ । घटना स्थालको प्रमाणका आधारमा चिकीत्सक माथि हातपात गर्ने सबैलाई पक्राउ गरी कारवाही गर्ने गरी उजुरी दर्ता गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button