मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल चयन

हेटौंडा, हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल चयन भएका छन्।

ADVERTISEMENT

शुक्रबार भएको क्याम्पसको १७ औं क्याम्पससभाबाट उनको अध्यक्षतामा नौ सदस्यीय क्याम्पस सञ्चालक समिति सर्वसम्मतरुपमा गठन भएको हो । समिति सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा. कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने तथा सर्केश घलान रहेका छन् ।

भेलाले लेखा समिति संयोजकमा नवराज अर्याल तथा सदस्यहरुमा ध्रुबप्रसाद भुजेल, रमिला सापकोटा र अप्सरा बस्नेतलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *