पाचौँ संस्करणको ‘म्याथ क्याम्प फायर’ आयोजना

हेटौंडा, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा मङ्गलबार ‘म्याथ क्याम्पफायर’ कार्यक्रम आयोजना भएको छ । नवोदय म्याथ क्लवको आयोजनामा पाचौँ संस्करणको म्याथ क्याम्प फायर कार्यक्रम भएको हो ।

ADVERTISEMENT

नवोदय म्याथ क्लवको अध्यक्ष विमर्श श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्रिकेट स्टेडियमलाई गणित विषयसँग तुलना गरी विद्यार्थीहरुले प्रस्तुती दिएका थिए । विद्यार्थी रोनश उप्रेती, दीपर्जन खड्का, अधिस लम्साल, निर्भज्ञ ज्ञवाली, आरुष चौलागाई र स्मिथ पौडेलको समूहले उक्त प्रस्तुती दिएका थिए । म्याथ क्याम्प फायरमा गणित विषयसँग सम्बन्धित विभिन्न १८ वटा स्टल राखी विद्यायको प्राङ्गणमा विद्यार्थीहरुले प्रस्तुती दिएका थिए । प्रस्तुतीको आधारमा इशाङगो बोन, तारापुञ्ज र क्रिकेट रंगशालाको समूह उत्कृष्ट घोषित भए।

नवोदय विद्यालयका गणित विषयका शिक्षक निर्माण गजुरेल, आजिवन राई र अनु श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रस्तुती दिएका विद्यार्थीहरुलाई विद्यालयले प्रमाणपत्र प्रदान गरेको थियो । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने विद्यालयका गणित शिक्षक गोपाल घिमिरेले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya