शिक्षक सङ्गठनको तीज कार्यक्रम

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरकी महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक प्रतिमा गौतमको अध्यक्षता रहेको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

ADVERTISEMENT

सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति’ विषयमा विमर्श भएको कार्यक्रममा म्युजिकल चियर, सामुहिक हाजिरी जवाफ प्रतियोगिताका साथै सामुहिक नृत्य समेत प्रस्तुत भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन निवर्तमान केन्द्रिय सदस्य पद्मा पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दाहाल, पेसागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सल्लाहकार अक्रुेर गौतम, शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष लक्ष्मी चौलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष कृष्ण पौडेल, सचिब मुकुन्द न्यौपानेको आतिथ्यमा सम्पन्न भएको थियो ।

बकैया गाउँपालिकाकी पहिलो उपाध्यक्ष सरला बोलखे तथा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति बिषय माथि मन्तव्य व्यक्त गरेका थिए । यसैगरी हाजिरी जवाफ प्रतियोगितामा शिक्षकहरू नम्रता बिडारी पोखरेल , सावित्री अधिकारी , राधिका सापकोटा , शालिकराम घिमिरे, सुनिता घिमिरे, गोपिरमण प्याकुरेल विजेता घोषित भए । यसैगरी कार्यक्रममा भएको म्युजिकल चेयर प्रतियोगितामा राधा गौतम, विष्णुमाया नगरकोटी र शारदा दुलाल क्रमश ः प्रथम , द्वितीय र तृतीय हुन सफल भए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya