जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी हेटौंडामा

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी सम्पन्न भएको छ।

ADVERTISEMENT

जिल्लाका संस्थागत तथा सामुदायिक गरी १ सय २६ बिधालयका प्रधानाध्यापकहरु सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा संचालन गरि जुनियर/ युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, पालिका स्तरिय प्राथमिक उपचार तथा बिपद ब्यबस्थापन लगायतका विभिन्न तालिमहरु संचालन गर्ने, जिल्ला स्तरिय शिक्षक नायक गोष्ठी तथा शिक्षक भलिवल प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै यहि असोज ५ र ६ गते बालबोध माबी हेटौंडा १७ हटियाको आतिथ्यतामा आयोजना हुने जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाले सकृय सहभागीता जनाउने लगायतका ६ वटा बिषयमा महत्त्वपूर्ण छलफल भइ निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए ।

रेडक्रस मकवानपुरका उपमन्त्री दाहालको अध्यक्षता तथा मकवानपुर शाखा सभापति लाल बहादुर थापाको प्रमुख आतिथ्यता, शिक्षा बिकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखा निमित्त प्रमुख हरिश्चन्द्र सापकोटा, शिक्षा समन्वय इकाई अधिकृत उन्नति ढकाल, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदि लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेरेसो बागमती प्रदेशका सदस्य एवं जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, जिल्ला कार्यसमितिको पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *