कुर्ले कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा

हेटौंडा, मकवानपुरगढी–२ स्थित कुर्ले कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा विहीबार सम्पन्न भएको छ । सहकारीको अध्यक्ष अम्वीका गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बखान सिं पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम उद्घाटन गर्दै पाख्रिनले सहकारीले सदस्य अन्तरनिहित कार्य गर्नुपर्ने बताए ।

ADVERTISEMENT

सभामा अध्यक्ष गजुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिइन् । यस सहकारीमा ८५ जना शेयर सदस्यहरु रहेका छन । मकवानपुरगढी २ नम्वर वडा कार्यक्षेत्र रहेको यस सहकारीले यस क्षेत्रमा किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन महत्वपुण भुमिका खेल्दै आएको छ । यस सहकारीले सदस्यहरुलाई समय समयमा गोठ सुधार कार्यक्रम, टनेल कार्यक्रम, मल विउ लगाएत कृषि औजाहरु अनुदानमा माग गरि वितरण गराउदै आएको छ । साथै सदस्यहरुले उत्पादन गर्दै आएका अनाजलाई सहकारीले खरिद विक्रि पनि गर्दै आएको छ । यस सभाबाट कृष्ण प्रसाद हुमागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका कृषि प्रसार अधिकृत चन्द्रकान्त चौधरी, महाकालि दुग्ध सहकारी, बशं गोपाल बहुउदेश्य सहकारी, श्रमिक दुग्ध सहकारी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *