भदौ २९ गते थाहामा अनेमसंघ अधिवेशन

हेटौंडा, नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अधिवेशन भदौ २९ गते हुने भएको छ ।
साउन २९ गते बसेको नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो । नगर संयोजक यसोदा अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो ।

ADVERTISEMENT

अधिवेशनले संयोजक अधिकारी, सचिव जानकी श्रेष्ठ, कल्पना लामिछाने, मेनुका ढकाल, अनिता कार्की, गङ्गा घले, शारदा कार्की, बालकुमारी गोपाली, सानुमैया विक, सोममाया बल, निशा दोङलगायत सम्मिलित सचिवालय कमिटी गठन गरेको छ ।

बैठकले आर्थिक कमिटी, अतिथि सत्कार, हल तथा साउन्ड सिस्टम, खाजा तथा पानी व्यवस्थापन र प्रचारप्रसार उपसमितिहरु गठन गरेको छ ।

अधिवेशनका लागि वडा अधिवेशन गर्न बाकी वडाहरुको भदौ १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकमा एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर ईञ्चार्ज बिमल कुमार ढकाल, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ जिल्ला सचिव सुशिला मल्ल, जिल्ला सदस्य शान्ता रिमाल लगायतको आतिथ्यता थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *