हेटौंडा, हेटौंडाको जेनिथ स्कुलले विद्यार्थीहरुलाई संस्कृति र परम्परा सिकाउने प्रयत्न गरेको छ । समय परिवर्तनसंग संस्कृति र परम्परा नै हराउने चरणमा रहेका बखत हेटौंडा–५ स्थित पिप्लेमा संचालित जेनिथ इन्टरनेशनल सेकेन्डरी स्कुलले विद्यार्थीहरुलाई संस्कृति सिकाउने प्रयत्न गरेको हो ।

सो स्कुलले आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर जमरा राख्ने काममा विद्याथीहरुलाई सहभागी गराएको हो । विजया दशमीको महत्व र सो पर्वको इतिहाससहित संस्कृति सिकाउने उद्धेश्य अनुसार विद्यालयले शुक्रबार विद्यालयमा नै विद्यार्थीहरुलाई जमरा राख्न सहभागी गराएको हो । जनिथले विद्यालयमा अध्ययनरत नर्सरी देखिका विद्याथीहरुलाई सो काममा सहभागी गराएको हो । विजया दशमीको महत्व र इतिहास सिकाउँदै विद्याथीह्रुलाई संस्कृति जगेर्नामा अग्रसर गराउने विद्यालयको उद्धेश्य रहेको छ ।
सानो कक्षामा अध्ययनरत विद्याथीरुहरुलाई पर्व र सोको विषयमा जानकारी गराउ“दै परम्परा जगेर्नामा सो काम फलदायी सावित हुने विद्यालयका प्रिन्सिपल श्री बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार धार्मिक सहिष्णुता कायम गर्दै विद्याथीहरुलाई संस्कृति परम्पारका बारेमा सिकाउने प्रयास अनुसार जमरा राख्ने काममा विद्यार्थीहरुलाई सहभागी गराइएको हो ।
विद्यार्थीहरुले राखेका जमरालाई विजया दशमीको परम्परा अनुसार नै अघि बढाउने र फुलपाती भित्राउने तथा विजया दशमीको टिका ग्रहण तथा समापन लगायतका कार्यहरु संचालन गरिने उनले बताए । विजया दशमीको विदा हुने दिनको अघिल्लो दिन विद्यार्थीहरुले राखेका जमरा प्रयोग गरी विजया दशमीको टिका ग्रहण लगायतका कार्यहरु संचालन गरिने उनको भनाई छ ।






