ज्ञानोदय बालबाटिकाको स्थापना दिवसमा न्यानो कपडा वितरण

हेटौंडा, हेटौंडा ५ मा रहेको ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा विहीबार न्यानो कपडा वितरण गरेको छ ।

ADVERTISEMENT

विद्यालयको ४३ औँ स्थापना दिवसको अवसरमा बकैया ११ मा रहेको बुद्ध प्राविका १८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । ज्ञानोदयका प्रिन्सिपल श्यामकुमार बानियाँले बुद्ध प्राविका प्रधानाध्यापक लक्ष्मी दाहाललाई न्यानो कपडा हस्तारण गरेका थिए ।

यसैगरी ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयको संयोजनमा निजामति कर्मचारी श्रीमति संघले बकैया १२ मा रहेको सेतीदेवी आधारभूत विद्यालयका १ सय ५७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । निजामति कर्मचारी श्रीमति संघका अध्यक्ष अन्जना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सेतीदेवी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमरत्न भुलुनको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *