सुपथ पसलमा नुन छ, चिनी छैन

हेटौंंडा,विगत वर्षझैँ यसवर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ पसल सञ्चालन ल्याएको छ ।

ADVERTISEMENT

असोज २१ गतेबाट सञ्चालन भई मंसिर ४ गतेसम्म सुपथ पसल सञ्चालन हुने कार्यालयका प्रमुख मोहनप्रसाद बरालले जानकारी दिए ।

‘सुपथ पसलमा नुन छ । तर चिनी छैन,’ बरालले भने, ‘चाडपर्वलाई लक्षित गरी नुनमा प्रति प्याकेट २ रुपैयाँ छुट दिएका छाँै । एकजना ग्राहकलाई ६ केजीसम्म नुन प्रदान गर्नेछाँै ।’

ADVERTISEMENT

बजारमा नुन प्रति प्याकेट २० रुपैयाँ रहेको छ । चाडपर्वमा सरकारले चिनी उपलब्ध गराउन सकेको छैन । हामीले कसरी प्रदान गर्न सक्छौं भन्दै उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya