हेटौंडा, हेटौंडा १३ मा रहेको फेमकोल एकेडेमी माध्यामिक बिद्यालयको सप्ताह ब्यापी खेलकुद कार्यक्रम सम्पन्न भएको छ।अन्तर सदनात्मक तथा कक्षागत रुपमा भएको प्रतियोगितामा विभिन्न खेलहरु खेलाएको थियो । कक्षा ३ र ४ बीच भएको तातो आलु प्रतियोगितामा कक्षा ४ की आशिका रुम्बा प्रथम, कक्षा ३ को सलिम मोक्तान द्वितीय र कक्षा ४ को ब्रजेस मोक्तान तृतीय भए ।

चम्चा दौड प्रतियोगितामा कक्षा ४ की पासाङ घलान प्रथम, जेम्स भोलन द्वितीय र इम्लाकी लामा तृतीय भए । गणित दौड प्रतियोगितामा कक्षा ३ की युजिना बल प्रथम, कक्षा ४ का अक्लेस कुमार शर्मा दोस्रो भए । कक्षा ५ र ६ बीच भएको छात्र दौड प्रतियोगितामा कक्षा ६ को रामशरण स्याङतान प्रथम, सुजन तुम्सीङ मगर दोस्रो र सुरज घलान तृतीय भए । महिला दौड प्रतियोगितामा कक्षा ६ की वाङ्छु रुम्बा प्रथम, कक्षा ५ की आरजु थिङ दोस्रो र कक्षा ६ की बिनिसा भोम्जन तृतीय भए । गणित दौडमा कक्षा ५ का विशेष तुम्सिङ मगर प्रथम, कक्षा ६ का सन्तोष थिङ दोस्रो भए । चम्चा दौड प्रतियोगितामा कक्षा ६ का रोहन अधिकारी प्रथम, विनिसा भोम्जन दोस्रो र कक्षा ५ की प्रीति मोक्तन तृतीय भए । तातो आलु प्रतियोगितामा कक्षा ५की मान्सवी तिमल्सिना, राजिव पाख्रिन दोस्रो र कक्षा ६ का रिपसन रुम्बा तृतीय भए ।

कक्षा ७, ८, ९ बीच भएको छात्रा सटपुट प्रतियोगितामा कक्षा ९ की अनुष्का पाख्रिन प्रथम, कक्षा ७ की सिम्रन थिङ दोस्रो र प्रकृति दुलाल तृतीय भइन् । छात्र सटपुटमा कक्षा ८ का आपस्त उप्रेती प्रथम, प्रज्वल घले दोस्रो र विकास घलान तृतीय भए । कक्षा ७, ८ र ९ का विद्यार्थीहरुबीच गणित दौड, दौड, डोरी तान्ने खेलहरु भएका थिए । कक्षा नर्सरीका विद्यार्थीलाई तातो आलु, लिने र राख्ने, बलुन ब्यालेन्सिङ खेल खेलाएको थियो ।
कक्षा एलकेजी र युकेजीलाई तातो आलु, चम्चा दौड, बलुन ब्योन्सिङ, चम्चा दौड, कक्षा १ र २ लाई पनि तातो आलु, दौड, गणित दौड, चम्चा दौडका खेलहरु सञ्चलन भएको विद्यालयका प्रिन्सिपल केशव मुडभरीले जानकारी दिए ।






