हेटौंडा, किताबघर हेटौंडाको पुस्तक प्रदर्शनी यात्रा जारी रहेको छ । आइतबार हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा किताब घरले पुस्तक प्रदर्शनी गरेको हो ।
बालबालिकामा पठन संस्कृतिको विकास गराउन किताबघरले विद्यालयमै पुगेर पुस्तक प्रदर्शनी गरेकोे किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए । नवोदय विद्यालयमा भएको पुस्तक प्रदर्शनी आठौँ रहेको छ ।
‘बालबालिकालाई पुस्तक पढ्ने संस्कृति प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरेका हौँ ।’ किताब घरका सञ्चालक अनित्यले भने –‘किताबी ज्ञान मात्र नभई बाह्य किताब पढ्नमा विद्यार्थीको उत्तिकै झुकाव रहेको पायौँ । प्रदर्शनीमा सबैभन्दा बढी कथा किताब विद्यार्थीहरुले खरिद गरेका छन् ।’
पुस्तकले बालबालिकामा सृजनात्मक परिवर्तन ल्याउने भएकोेले गर्दा पुस्तक खरिद गरेको विद्यालयका एक अभिभावक बताउँछन् । असोज महिनाभरि हेटौंडा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा पुगी किताब घरले पुस्तक प्रदर्शनी कार्यक्रम सञ्चालन गरिरहेको छ ।






