११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण

कैलाश, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठका ११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण गरिएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत ५० प्रतिशत अनुदानमा रिर्टनीहरुको उद्यमशिलता अन्तरगत होमस्टे सञ्चालकहरुको लागि प्रविधि हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा उक्त होमस्टेमा प्रयोग हुने प्रविधि सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष घिसिङले कैलाश बैकुण्ठ पर्यटन क्षेत्रमा विकास भइरहेको अवस्थामा अब यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा राखेर सेवा गर्न सकिने बताए । यहाँ जीपलाईन, पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरु रहेकाले घुम्न आउनेलाई बसोबासका हिसाबले होमस्टे सञ्चालन गरिएको बताए ।

पहिलो चरणमा ११ जनालाई ५० प्रतिशत अनुदानमा होमस्टेका सम्पूर्ण सामाग्री, तामाङ र गुरुङ जातीका भेषभुषा पहिरन लगायतका सामाग्री हस्तान्तरण गरिएको उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताइन् । होमस्टे सञ्चालनको लागि गाउँपालिकाले यसअघि भ्रमण सहित तालिम प्रदान गरिसकेका छौं, अब सञ्चालन गर्दै छौं, अर्यालले बताइन् ।

गाउँपालिकाकै बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै केही गर्ने लक्ष्य बोकेका युवाहरुलाई समेटेर मेड्पा कार्यक्रम अन्तरगत होमस्टेका सामाग्री हस्तान्तरण गरिएको उनले बताईन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *