थाहा नगर, नेपाल विद्युत प्राधिकरणले ६० दिन भन्दा बढीको वक्यौता महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्न अभियान संचालन गरेपछि पालुङ वितरण केन्द्रले वक्यौता नतिर्ने १ सय ५० उपभोक्ताहरुको लाईन काटी २५ लाख वक्यौता महशुल उठाएको छ ।
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता २ करोड नाघेपछि पछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ्ग भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहे अनुसार पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनु भयो ।
केन्द्रले अभियान अन्तर्गत वक्यौता नतिर्ने ५ वटा क्रशर तथा वालुवा उद्योग सहित १३ वटा औधोगिक १८ वटा व्यावसायिक ४ वटा सरकारी कार्यालय सहित अन्य ग्राहस्थ उपभोक्ताहरुको लाईन काटिसकिएको र अभियान अन्तर्गत पहिलो चरणमा ६० दिन नाघेका मध्ये १० हजार भन्दा बढी विद्युत महशुल वक्यौता हुने ग्राहकहरुको लाईन काटिएकोे र हाल ३ हजार भन्दा बढीहुने उपभोक्ताहरुकोे लाईन काट्ने अभियान चलिरहेको र निरन्तर संचालन गरि बाँकी वक्यौता रहेका सबै ग्राहकको लाईन काटि वक्यौता अशुल गर्ने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।
१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड वक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको र लाईन काट्न शुरु गरेपछि काटिएका मध्ये १ सय ५० भन्दा बढी ग्राहकले महशुल बmुझउँदा २५ लाख वक्यौता विद्युत महशुल उठाएको पालुङ वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताउनु भयो । पालुङ वितरण केन्द्रलाई हाल अस्तित्वमा नरहेको नेपाल रोप–वेले रु ७९ लाख बुझाउन बाँकी हुँदा उक्त रकम कालो सुचीमा छ । उक्त रकम अशुलीका लागि विभागिय प्रयास शुरु गरेको पनि पालुङ प्राधिकरणले जनाएको छ ।