हेटौँडा, सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।
मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप प्रदान गर्न लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा माघ २५ गतेदेखि फागुन १ गतेसम्म विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिनेछ। त्यसपछि फागुन २२ गतेसम्म दोस्रो चरणअन्तर्गत नियमित खोप अभियान सञ्चालन गरिनेछ।







