सिस्नुपानी नेपालले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने

हेटौंडा, गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक २५ गते हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

ADVERTISEMENT

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि भने यो तेस्रो कार्यक्रम हुनेछ । सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ ।

सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको सिस्नुपानी मकवानपुरले मकवानपुरका साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम तेस्रो पटक आयोजना हुन लागेको मकवानपुरका अध्यक्ष लामिछानेले जानकारी दिए ।हाँस्यव्यङ्य देउसी भैलो कार्यक्रमको लागि रिहल्सनको काम भइरहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *