नकौंलीमा स्वास्थ्य चौकी उद्घाटन

हेटौंडा– स्वास्थ्य समस्या झेल्दै आएका हेटौंडा उपमहानगरपालिका–१ को बिकट क्षेत्र नकौलीका बासिन्दा लाभाम्वित हुने भएका छन् । सामान्य सिटामोल किन्न समेत लामो समय खर्चेर हेटौंडा बजार सम्म आउँनु पर्ने बाध्यतामा रहेको उनिहरु गाउँमै स्वास्थ्य चौकी उद्घाटन भएपछि दंग परेका छन् । हेटौंडा उपमहानगरपालिकाले बिकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरेको स्वास्थ्य चौकीको उद्घाटन भएपछि उनिहरु दंग परेका हुन् ।

एक रुपियाँको सिटामोल किन्न समेत हेटौंडा बजार सम्म जानुपर्ने बाध्यता थियो, स्वास्थ्य चौंकीको उद्घाटन सँगै गाउँमै सुविधा पाएपछि स्थानिय खुसि रहेको स्थानिय नामग्याल सिन्तानले बताए । स्वास्थ्य चौकीका लागि पुर्वाधार निर्माण भएपनि खानेपानीको अभावका कारण सेवा दिन समस्या रहँदै आएको थियो । हेटौंडाबाट पानी लगेसँगै उपमहानगरले नकौली आधारभूत शहरी स्वास्थ्य चौकीबाट सेवा दिन थालेको हो ।

स्वास्थ्य चौकीको सोमबार हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटन गर्दै नगर प्रमुख लामाले रोगलाई लुकाउने बानी तत्कालै छोड्न आग्रह गरीन् । उनले घरपरिवार, छिमेकको डरले रोग लुकाएर बस्ने परम्परा रहेको छ त्यसलाई तत्काल छाड्न स्थानियलाई आग्रह गरीन् । स्वास्थ्य चौकीबाट उपचार सेवालाई परिस्कृत गर्दै लैजान उपमहानगरपालिका तयार रहेको भन्दै बिस्तारै प्रसुती सेवाको पनि व्यवस्था गरीने बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले नगरको बिकासमा काम गरीरहेको बताए । जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने क्रममा उपमहानगरको बिकट क्षेत्रको बिकासमा लागेको बताए । उनले उपमहानगरमा जोडिएका तत्कालिन गाविसहरुकोमा बिकासको गतिलाई बिस्तार गरीदै लगिने बताए । उपमहानगरले नगरवासीको स्वास्थ्यलाई ध्यान दिँदै करिब २०७६ बाट निर्माण थालेको स्वास्थ्य चौकीबाट खानेपानीको अभाबका कारण महिनामा एक पटक मात्र सेवा दिर्दै आएको थियो ।

उपमहानगरको स्वास्थ्य शाखाले गत बर्षबाट नियमित सेवा दिने व्यवस्था मिलाएको थियो । उपमहानगरपालिका १ नम्बर वडाको ध्याङसिंटार, बाँझोडाँडा (जेसिज गाउँ) घट्टेडाँडा, नेकपानी सहित हेटौंडा १९ को डुमाले, कुवापानी क्षेत्रमा बासोवास गर्ने नगरवासीले सुबिधा पाउँने स्थानिय स्यवम सेवीका दुदुमाया घलानले बताइन् । अब यो क्षेत्रको विकासको गति बिस्तारै अघि बढ्ने बिश्वास उनले गरीन् । उपचारको अभाबका कारण ठुलो समस्या रहँदै आएको थियो, अब न्युनतम आवश्यकता स्वास्थ्य चौकीबाट पुरा हुने भन्दै थप सुबिधाहरु बिस्तार गर्दै लैजानु पर्ने उनले बताइन् ।

स्वास्थ्थ चौकीको उद्घाटन सँगै आयोजित महिलाहरु लक्षित पाठेघर, स्तन क्यानसर तथा प्रजनन् स्वास्थ्य शिविरमा स्थानिय १ सय जनाले सेवा लिएको उपमहानगर स्वास्थ्य शाखाका अहेब केशब तिमल्सिनाले बताए । शिबिरमा निःशुल्क औषधिको पनि व्यवस्थापन गरीएको उनले जानकारी दिए । उपमहानगर स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ चौकी तथा शिविर उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ नम्बरका वडा अध्यक्ष रामकृष्ण थापा, ९ नम्बरका वडा अध्यक्ष सुकराम केसी, कार्यपालिका सदस्यहरु पातलिमाया गोङवा, रुकमीणी गोङवा, इश्वरी रसाईली लगाएतको आतिथ्यता रहेको थियो ।

हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा उनले स्थानियका लागि पानी, प्रसुति सेवा, कृषि, बाटो पुर्वाधार सहितको व्यवस्थापनमा उपमहानगरले ध्यान दिँदै कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button