हेटौंडा, हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयको आयोजनामा यही कार्तिक २८ गते गोबद्र्धन पूजाको दिन देउसी भैलो प्रतियोगिता हुने भएको छ ।
‘अहिले देउसी भैलोमा विकृति देखिन थालेको छ ।’ हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले भने –‘नेपालको पहिचान झल्किने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका छौँ ।’
‘समूहमा मिलेर गाइने हो देउसी भैलो । पहिलो पटक आयोजना गर्न लागेको देउसी भैलो प्रतियोगितामा प्रतिस्पर्धी कतिजना हुन्छन् भन्ने यकीन भएको छैन ।’ उनले भने –‘विजेतालाई आकर्षक पुरस्कार व्यवस्था हुन्छ ।’ प्रतियोगिताको लागि निर्णायकको टुङ्गो लागेको छैन ।
यसैगरी हेटौडा २ नम्वर वडा कार्यालयले संगमचोकमा तिहार बजार सञ्चालन गरेको छ । ‘हेटौंडाको तिहार बजार राप्तीरोडको अस्पताल नजिकै सञ्चालन भएको छ । त्यहाँको भीडलाई कम गर्न तिहार पर्वलाई लक्षित गरी संगमचोकमा तिहार बजार सञ्चालन गरेका हौँ ।’–उनले भने ।






