सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु

हेटौंडा, राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ संस्थाका ब्यवस्थापकहरुको २ दिने क्षमता विकास तालिम सोमबार सुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंकका संचालक एवम् बागमती प्रदेश संयोजक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रम बैंकका हेटौडा शाखा संयोजक नारायणप्रसाद देबकोटाको अध्यक्षतामा भएको थियो ।

हेतौडाको रोयल प्यालेसमा सुरु भएको तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमिल्सिना र झलेन्द्र दाहालले सहजीकरण गरेकाछन् ।

Advertisement 3

बैंकको एन।सि।बि।एल। सदस्य शिक्षा कार्यक्रम २०८०र८१ अन्तर्गत २ दिने ुव्यवस्थापकको क्षमता विकासु तालिम संचालन गरिएको राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।

तालिम कार्यक्रममा मकवानपुरका जिल्लाका सहकारी संघ संस्थाका ४१ जना ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *