हेटौंडा, हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयको पूर्व विद्यार्थी मिलन कार्यक्रम सोमबार हेटौंडामा भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मोहनप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
वि.सं. २०६२ सालको एसएलसीदेखि हालसम्म एसइई परीक्षा पास भएका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक अमूल श्रेष्ठले बालजागृति अल्मुनाईले नेटवर्किङ बनाएर विद्यालयको पहिचान बनाउन भूमिका खेल्ने बताएका थिए ।
विद्यालयका प्रिन्सिपलल विनोद सुवेदीले वि.सं. २०६२ सालदेखि वर्तमान विद्यालयको अवस्थाको बारेमा प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, प्रिन्सिपल विनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
बालजागृति अल्मुनाईको कमिटी पनि सोमबार गठन हुने विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।