जिल्ला बचत संघको अध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित

हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठले ७९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरे । यसैगरी उपाध्यक्ष पदमा मिनाकुमारी चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् ।

ADVERTISEMENT

सचिव पदमा विरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भए । ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरे । सहसचिव पदमा विजयबहादुर बस्नेत विजयी भएका छन् । उनले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा निर्वाचित भएकी छिन् । उनले ८० मत प्राप्त गर्दा ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरे । उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल सर्वसम्मत चयन भए । उत्तरी क्षेत्र सदस्यमा फणिन्द्रनाथ सुवेदी विजयी भए ।

उनले ७४ मत प्राप्त गर्दा सहदेव ढकालले ३८ मत प्राप्त गरी पराजय भए । पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेतीले ७६ मत प्राप्त गरी विजयी भए भने राममाया नगरकोटीले ३० मत प्राप्त गरे । यसैगरी खुल्ला सदस्यमा हिमाल पौडेल ७७ मत, यशोदा पराजुली ६१ मत, जुना दंगाल ६९ मत जानकी चौधरी ६३ मत प्राप्त गरी विजयी भए । सदस्यमा रामकेदार बस्नेत १५ मत, योगनाथ दंगाल १३ मत, जानुका दवाडी ३४ मत, रामहरी तिमल्सिना ४५ मत, हरिमाया ढकाल अधिकारी ३० मत र मिनु अग्रवालले ३३ मत प्राप्त गरी पराजय भए ।

संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरे । यसैगरी लेखासमिति सदस्यमा कृष्ण विडारी ५१ मत रसचिता भट्टराई ७३ मत प्राप्त गरी विजयी भए भने सुशान्त तिमल्सिना ३५ मत र श्रीराम दहाल ४९ मत प्राप्त गरी पराजय भए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *