प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सहयोग र हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

ADVERTISEMENT

आज भएको उद्घाटन खेलमा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा टिम विजयी भएको छ । हेटौंडा–१९ लाई २५–२१, २५–१२ र २५–२२ को सोझो सेटले पराजित गर्दै हेटौंडा ११ विजयी भएको हो । प्रतियोगितामा हेटौंडा ११ का निश्चल राना मगर म्यान अफ द म्याच घोषित भए । यसैगरी आज भएको दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिका १२ नम्वर वडा टिम विजयी भएको छ । हेटौंडा–६ लाई २५–१२, २५–१६ र २५–१५ को सोझो सेटले पराजित गर्दै हेटौंडा–१२ विजयी भएको हो । प्रतियोगितामा हेटौंडा १२ का कुशल लो म्यान अफ द म्याच घोषित भए ।

हेटोंडा–१२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १२ नम्वर वडाध्यक्ष अर्जुनप्रसाद तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकामा रहेको १९ वटा वडा मध्ये ७ वटा वडाले मात्र प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिता अन्तर्गत भोलि हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ विरुद्ध १२, हेटौंडा–६ विरुद्ध १५ र हेटौंडा १७ विरुद्ध १९ वडाको टिम बीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भलिबल खेलको विकास र हेटौंडा–१२ को प्रतिष्ठा पहिचान गराउने उद्देश्यले माघ १९ गतेसम्म प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक मनोज लामा स्याङतानले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १९ नम्वर वडाध्यक्ष नरनाथ सुवेदी, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल रघुनाथ खराल, हेटौंडा उपमहानगरपालिका ११ नम्वर खेलकुद विकास समिति संयोजक प्रभाकर पुडासैनी, नगर भलिबल संघका अध्यक्ष राजु घले, जिल्ला खेलकुद विकास समिति मकवानपुरका सदस्य मदन उप्रेती र कृष्ण रुम्बा झाक्रीलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज रहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *