अख्तियार कार्यालयमा ९ सय ४ उजुरी

हेटौंडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न माध्यमबाट ९ सय ४ वटा उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८८० सहित एक हजार ७८४ उजुरी परेको छ । यो संख्या कार्तिक महिनासम्मको हो ।

ADVERTISEMENT

कार्यालयले गत आर्थिक वर्षमा १७८ र चालु आर्थिक वर्षको ३१० सहित ४८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ भने १ हजार २ सय ९६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए । अख्तियारको कार्यालय हेटौंडाका अनुसार राजस्व हिनामिना सम्बन्धी ६७५ उजुरी परेकोमा १५३ वटा उजुरी फछ्र्यौट भएको छ । गैरकानुनी लाभहानी सम्बन्धी ४२४ उजुरी परेकोमा १०९, सार्वजनिक खरिद निर्माण सम्बन्धी ३३२ उजुरी परेकोमा ७८, विविध २२१ उजुरी परेकोमा ९६ उजुरी फछ्र्यौट गरेको छ ।

त्यस्तै भूमिसम्बन्धी ९१ उजुरी परेकोमा २६, गैरकानुनी सम्पत्ति सम्बन्धी २० उजुरी परेकोमा १४, शैक्ष्कि प्रमाणपत्र सम्बन्धी १६ उजुरी परेकोमा ९, घुस÷रिसवत सम्बन्धी ५ उजुरी परेकोमा ३ वटा उजुरी फछ्र्यौट भएको सूचना अधिकारी गौतमले जानकारी दिए । त्यस्तै स्थानीय तह (संघीय मामिला) को ९९७ उजुरी परेकोमा २५७ फछर्यौट भएको छ । स्थानीय तह (शिक्ष) ३१२ उजुरी परेकोमा ८३? प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायात मन्त्रालय मात्र) को १०९ उजुरी परेकोमा २६, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणको ९६ उजुरी परेकोमा ३२ र प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणको ५९ उजुरी परेकोमा १९ वटा उजुरी फछ्र्यौट भएको छ भने अन्य २११ उजुरी परेकोमा ७१ उजुरी फछ्र्यौट भएको तथ्याङ्का उल्लेख छ ।

अख्तियारको कार्यालय हेटौंडामा गत आर्थिक वर्षबाट सरेर आएको र यस आर्थिक वर्षको उजुरी सबैभन्दा धेरै बारा र कम रसुवा जिल्लाको परेको छ । तथ्याड्ढ अनुसार बाराको ५ सय ८, रौतहटको ४ सय ८, पर्साको ३५८, मकवानपुरको ३२०, चितवनको १४२ उजुरी परेको छ । त्यसैगरी धादिङको १५, दोलखाको ९, नुवाकोटको ९, काभ्रेपलाञ्चोकको ९, सिन्धुपाल्चोकको ५, रामेछापको ४ र रसुवा जिल्लाको ३ वटा उजुरी अख्तियारको कार्यालय हेटौंडामा परेको हो ।

अख्तियारमा सबैभन्दा धेरै इमेल मार्फत उजुरी परेको छ । अख्तियारको तथ्याड्ढ अनुसार लिखित निवेदन, टेलिफोन, हुलाक सेवा, समाचारपत्र, भाइवर र फेसबुकको माध्यमबाट उजुरी दर्ता हुने गरेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *