तुलसी गिरीको नेतृत्वमा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ मकवानपुर

हेटौँडा, नेपाल आयुर्वेद औषधी व्यवसायी संघ जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा तुलसी गिरी चयन भएका छन् । संघको तेस्रो अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा सुशिला खनाल, सचिवमा डा. रमेश चौधरी, कोषाध्यक्षमा डा. नितेश गिरी चयन भएका छन् । संघको सदस्यमा ममता शाह चयन भएका छन् । डाक्टर नरेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष सन्तोष ढुङ्गेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर, हेटौंडाको प्रमुख डाक्टर सृष्टि श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *