हेटौंडा, मकवानपुरको मनहरीमा जङ्गलीहात्तीले आतड्ढ मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतड्ढ मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।

गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोली, प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।







