मकवानपुर रिकभरिङ समूहको सचतेनामूलक कार्यक्रम

हेटौंडा, १५ असार/मकवानपुर रिकभरिङ समूहले बुधबार भीमफेदी गाउँपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ लागूऔषध दुव्र्यसन तथा एच.आई.भि एड्स विरुद्धको सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो ।

रिकभरिङ नेपालको समन्वयमा भएको कार्यक्रममा कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । मकवानपुर रिकभरिङ समूहका विनोदलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमिरा थिङको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी बुधबार नै मकवानपुर रिकभरिङ समूहले बाराही माध्यमिक विद्यालय सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका कार्यालयको उपप्रमुख सन्जिव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बाराही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्य, नेपाल मानब अधिकार संगठनका सभापति सर्मिला श्रेष्ठको आतिथ्यतामा कार्यक्रम भएको थियो । मकवानपुर रिकभरिङ समुहका निर्देशक संदिप शाक्यले कार्यक्रम सहजिकरण गरेका थिए । मकवानपुर जिल्लालाई लागूऔषध मुक्त क्षेत्र बनाउने उद्देश्यले स्थापित भएको मकवानपुर रिकभरिङ समुहले बिगत एक दशक देखि मकवानपुर जिल्लामा आवासीय उपचार तथा पुर्नस्थापना केन्द्र, परामर्श गर्नुका साथै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *