मनहरीको नीति तथा कार्यक्रममा विपन्न परिवारलाई प्राथमिकता

हेटौंडा, मनहरीले गाउँपालिकाकाले विपन्न परिवार र कृषि क्षेत्रलाई प्राथमिकता दिएर आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

गाउँपालिकाले बुधबार १५ औं गाउँसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार आगामी आर्थिक वर्ष २०८१र०८२ बाट गरिव तथा विपन्न परिवारलाई अन्तिम संस्कार ९दाहसंस्काररअन्त्येष्टि० का लागि आर्थिक सहयोग गर्ने जनाएको हो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार कतिपय विपन्न परिवारहरुमा आर्थिक अवस्थाका कारण काजक्रिया खर्चका लागि समस्या हुने गरेको पाइएपछि यस्तो नीति अवलम्बन गरिएको बताए ।

‘मानिसको मृत्य भएर अन्तिम संस्कारण गर्ने अवस्थामा पालिकाले केहि सहयोग गर्न सके ठूलो राहत मिल्नेछ । धेरै परिवारको कमाएर पाल्ने मान्छेकै मृत्युहुँदा ठूलो कष्ट व्यहोर्नु परेको हामीले देखेपछि त्यस्ता परिवारलाई सहयोग गर्ने नीति लिइएको हो ।’, उनले भने ।

पालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलिएत दिने नीति लिइएको बताए । पालिकाको सिफारीस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई यातायात भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गरिने बताए । ‘गरिव तथा विपन्न परिवारलाई मनहरीको लोथरदेखि हेटौंडा बजारसम्म आउजाउ गर्दा यातायात भाडामा पूर्णरुपमा छुट दिने व्यवस्था मिलइनेछ ।’, नीति तथा कार्यक्रममा भनिएको छ ।

Advertisement 5

उनले दुवै नीति कार्यान्वयका लागि आवश्यक तयारी भइरहेको बताए । ‘हामी कार्यविधि बनाएर यस कार्यलाई लागू गर्नेछौं ।’,उनले थपे । यस पालिका कृषि उत्पादनको हिसावले देशमै चर्चित पालिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *