राष्ट्रिय शिक्षा दिवसमा प्रदेशका ८ विद्यालय पुरस्कृत

हेटौंडा, राष्ट्रिय शिक्षा दिवस २०८० बाट बागमती प्रदेशका आठ वटा विद्यालय पुरस्कृत भएको छ । मङ्गलबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवसमा वि.सं. २०७९ सालको एसइई परीक्षामा औसत जिपिए उच्च ल्याउने प्रदेशका ५ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

ADVERTISEMENT

छनोट भएका संस्थागत विद्यालयतर्फ बुढानिलकण्ठ नगरपालिका–१० मा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी प्रथम, काठमाडौंको हिज किड्स इन्टरनेसनल स्कुल द्वितीय र टोखा नगरपालिका–८ मा रहेको फ्लोरोसेन्ट माध्यमिक विद्यालय तृतीय हुन सफल भए । प्रथम, द्वितिय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १ लाख, ८० हजार र ६० हजार रुपैयाँ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदान गरेका थिए ।

छनोट भएका सामुदायिक विद्यालयतर्फ भक्तपुर नगरपालिका ३ मा रहेको मेधा माध्यमिक विद्यालय प्रथम, विदुर–४ नुवाकोटमा रहेको पृथ्वी माध्यमिक विद्यालय द्वितीय, काठमाडौं–७ मा रहेको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतीय, तारकेश्वर नगरपालिकामा रहेको पृथ्वी नारायण माध्यमिक विद्यालय चौथो र चन्द्रागिरि नगरपालिका १२ मा रहेको बलम्बु माध्यमिक विद्यालय पाँचौ भएका विद्यालयलाई नगद क्रमश : १ लाख, ८० हजार, ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित बागमती प्रदेश अन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *