बद्रीनाथ शर्माको नेतृत्वमा उद्योग संघ मकवानपुर

हेटौंडा, उद्योग संघ मकवानपुरको अध्यक्षमा बद्रीनाथ शर्मा चयन भएका छन् । शनिबार भएको संघको २२ औँ साधारणसभा तथा अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति बनेको हो ।

ADVERTISEMENT

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीहरी मास्के, उपाध्यक्षमा किसोर अर्याल, महासचिवमा सुयसराज पराजुली, सचिवमा शिरोमणि प्याकुरेल, कोषाध्यक्षमा बुद्धराज अर्याल, सहकोषाध्यक्षमा दिवस चौलागाई चयन भएका छन् ।

यसैगरी सदस्यमा हरिहर अर्याल, लिला चन्द्र तिमल्सिना, नवराज मिश्र, ज्ञानराज लामा, केदार अर्याल, समिक्षा दहाल, स्वीकृतराज पराजुली र मनोज रावल चयन भएका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।मन्त्री रिजालले बन्द तथा रुग्ण उद्योगहरु पिपिपी मोडलमा संचालन नगर्ने हो भने सरकारको लगानी ब्यर्थ हुने बताए ।

सरकारले उद्योगी व्यवसायीहरुको हितका लागि ल्याएको योजनाहरु विभिन्न शैलीबाट क्रान्तिकारी शक्तिहरुले कार्यान्वयन हुन नदिने गरेको उनले बताए । कार्यक्रममा मकवानपुरे पत्रकार राममणि दहाललाई सम्मान गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *