हेटौंडामा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

हेटौंडा, २७ असार/हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रदेखि नगरभित्रका विद्यालयमा कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

ADVERTISEMENT

कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू हुने र हाल पुस्तक छपाइ अन्तिम चरणमा रहेको मेयर मीनाकुमारी लामाले बताइन् ।

स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्षहरु संरक्षण र प्रवद्र्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको उनले जानकारी दिइन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने उनले बताइन् ।

५० निजी र ७६ सामुदायिक गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले बताए ।

१६० पूर्णाक रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मक रहेको छ ।स्रोतः अनलाइन खवर

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *