कैलाश गाउँपालिकाको बजेट ४८ करोड ७८ लाख

हेटौंडा, कैलाश गाउँपालिकाले आगामी आव २०८१र०८२ को नीति तथा कार्यक्रम अन्तरगत ४८ करोड ७८ लाख ६७ हजार ७ सय १८ रुपैयाँको प्रस्तुत गरेको छ । सोमबार पालिकामा भएको १४ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाउनु भयो । पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको बताउनु भयो ।

ADVERTISEMENT

पालिकाले प्रदेश तर्फको आयतर्फ ८ करोड ८६ लाख २८ हजार ७ सय अनुमान गरेको छ भने गाउँपालिका तर्फ १ करोड ८४ लाख ३ हजार र संघ तर्फ ३८ करोड ८ लाख ३६ हजार अनुमान गरेको छ भने ब्याय तर्फ आर्थिक बिकास तर्फ ३ करोड २७ लाख २९ हजार ,पुर्बाधार बिकाश तर्फ ११ करोड ४ लाख ५० हजार ,शुशासन तथा अन्तरसम्बन्धित अन्तरगत ७६ लाख ५ हजार ७ सय १८, सामाजिक बिकास तर्फ २२ करोड ६० लाख ९३ हजार ,बतावरण तथा बिपद तर्फ ४० लाख ५० हजार र गाउँपालिका प्रशासनिक खर्च तर्फ १० करोड ६९ लाख ४० हजार बिनियोजित गरिएको छ ।

छेत्रगत नितिहरुमा किसान सूचीकरण कार्यक्रम, मकै बाली प्रवर्द्धन, एकल महिला लक्षित कृषि प्रवर्द्धन, माटो परीक्षण आकस्मिक रोग किरा नियन्त्रण, च्याउ खेती तालिम तथा प्रवर्द्धन गरी कृषि तर्फ ९० लाख ५१ हजार बजेट विनियोजन गरिएको छ भने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा रिटर्निग उद्यमशीलता कार्यक्रम सहित उद्योग विकासतर्फ ३१ लाख विनियोजन गरिएको छ। यस्तै गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन लगायत पर्यटन तर्फ ५४ लाख बजेट विनियोजन गरेको छ।

पालिकाले सिचाई सुविधा प्रदान गरी खोतीयोग्य क्षेत्रको बढोत्तरी गर्न सिचाई तर्फ विभित्र योजनाहरू गरी ५७ लाख ३५ हजार बजेट विनियोजन गरेको छ। पशु विमा, पशु पन्छी विकास तर्फ २२ लाख ७२ हजार विनियोजन गरेको छ भने संघीय सशर्त बजेट अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७१ लाख ७१ हजार सहित सम्रग आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार रकम विनियोजन गरेको छ।

यस्तै मनहरी खोलामा पक्की पुल देखि नामटार कालिकाटार सडकको सल्याव ढलानका लागि संघको ६५ लाख र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३५ लाख र कीर्तीमान डाँडा हुदै बनझाक्री खोलासम्म सडक स्तरोन्नति र सलबास हुदै सानोडाँडाखर्क सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट १र१ करोड र गाउँपालिकाको १र१ करोड गरी ४ करोड विनियोजन गरेको छ भने भवन आवास तथा सहरी विकास तर्फ १ करोड ६० लाख रकम विनियोजन र वडा नम्बर ९ को प्रशासनिक भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ७६ लाख ५ हजार ७१८ रुपैयाँ रकम विनियोजन गरिएको छ भने पालिकाले कैलाश रेडियो कार्यक्रम संचालन गरिने अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइएको जसका लागि क्रमशः ८ लाख र ५ लाख रकम विनियोजन गरिएको छ।

Advertisement 5

यस्तै युवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार बजेट विनियोजन गरेको छ भने चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । यस्तै पालिकाले शिक्षा तर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको छ । मातृ तथा नवजात कार्यक्रम अन्तर्गत आमा सुरक्षा गर्भवती उत्प्रेरण सेवा नवजात शिशुको निःशुल्क उपचारका लागि गरी सम्रग स्वास्थ्य तर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको छ भने अध्यक्षसंग विपन्न नागरिक कार्यक्रमलाई निरन्तरता दिदै ६ लाख बजेट विनियोजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *