माघ २७ गते वनदेवी मन्दिर उद्घाटन हुने

हेटौंडा, यही माघ २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ७ नागस्वतीमा रहेको नवनिर्मित वनदेवी मन्दिरको उद्घाटन हुने भएको छ । केही दिन अघि प्राण प्रतिष्ठा सम्पन्न भइसकेको र आउँदो २७ गते विहान ११ बजे मन्दिरको उद्घाटन गरिने मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

ADVERTISEMENT

मन्दिर उद्घाटनका लागि समाजसेवी मुरलीधर रुङ्गटा र प्रवचनका लागि डा. चिन्तामणी योगीनाथलाई निमन्त्रणा गरिएको समेत मन्दिर व्यवस्थापनले जनाएको छ । सोही दिन इन्द्रेणी साँस्कृतिक विकास केन्द्रको टोलीसमेत आउने जनाइएको छ ।
७ नम्वर वडा कार्यालय नजिकै रहेको मन्दिर करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । स्थानीय दलबहादुर खड्काले सो मन्दिरको हालसम्म सम्पूर्ण लागत व्यहोर्दै आएका छन् ।

कलात्मक शैलीमा निर्माण गरिएको उक्त मन्दिर अवलोकनका लागि दैनिक धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको र अझै व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अक्षयकोष समेत स्थापना गरिने जनाइएको छ ।

ADVERTISEMENT

अक्षयकोष सञ्चालन सहयोगार्थ ताप्लेजुङ पाथिभरा मन्दिरका मुख्य पुजारीबाट रु ५१ हजार १ सय ५५ रुपैंया दान गरी शुभारम्भ भएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya