हेटौंडा, नेपाल तेक्वान्दो संघको आयोजनामा भएको कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा मकवानपुरले २ स्वर्ण र ८ कास्य जित्न सफल भएको छ ।
कार्तिक २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा भएको तेक्वान्दो प्रतियोगिताको पुम्से विद्यामा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै सोहन गुरुङ र कबिना राईले स्वर्ण जित्न सफल भएका हुन् । यसैगरी आरम्भ माझी, पाउलसन दर्नाल, सुहान गुरुङ, सुजित माझी, असिम रन्जितकार, रोशनी कार्की, अमन माझी र श्रीजना कुवरले कास्य पदक जित्न सफल भए ।
प्रतियोगिताको लागि मकवानपुर जिल्लाबाट १६ जना खेलाडीले सहभागिता जनाएको मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको टिम कोचमा बिमल बिक रहेका थिए ।
नेपाल र कोरियाबीच दौत्य सम्बन्ध भएको ५० औं वार्षिकोत्सवको अवसरमा कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता भएको थियो ।
सातै प्रदेशका करिब १२ सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।






