लायन्स क्लबद्वारा हेटौंडा आँखा अस्पताललाई म्याट्रेस हस्तान्तरण

हेटौंडा, लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस हस्तान्तरण गरेको छ ।
क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार अस्पतालमा एक कार्यक्रम गरि म्याट्रेस बितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम केसीले बताए ।

ADVERTISEMENT

क्लबका अध्यक्ष तुलसी गिरीको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घलानले समाजसेवामा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादब, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, अस्पतालका डाक्टर सुनिल थकाली, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

अस्पताललाई सहयोग गरेकोमा अस्पतालका डाक्टर सुनिल थकालीले लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धलाई धन्यवाद व्यक्त गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya