लागुऔषध चरेससहित दुइजना पक्राउ

हेटौँडा, पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ चुरिमाइबाट प्रहरीले १० किलो २५० ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरी गौरव र नवलपरासीको पण्डितपुर वनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जादै गरेको ना ६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई लागुऔषध चरेशसहित पक्राउ गरेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट दश दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button