विद्यालय क्रिकेट प्रतियोगिता : फाइनल प्रवेशको लागि भुटनदेवी र सिद्धार्थ भिड्ने

हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हेटौंडामा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सेमिफाइनल संस्करण पूरा भएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, सिद्धार्थ शिशु सदन विद्यालय र हेटौंडा एकेडेमी विद्यालय सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशको लागि शनिबार भुटनदेवीले सिद्धार्थसँग र आइतबार आधुनिकले हेटौंडा एकेडेमीसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक संजोग पोखरेलले जानकारी दिए ।

शुक्रबार हुने अन्तिम क्वाटरफाइनल खेलमा सोलिड्यारिटी इन्टरनेशनल विद्यालय अनुपस्थित भएको कारणले गर्दा आधुनिक स्वत सेमिफाइनलमा प्रवेश गरेको पोखरेलले जानकारी दिए । क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको उपाधी भुटनदेवी माध्यमिक विद्यालयले जितेको थियो ।

ADVERTISEMENT

मकवानपुरका १३ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *